उखु उत्पादन संगै संकलन हुने फागुन महिना आफैमा चिनी उत्पादनको अति व्यस्त हुने महिना हो । तर यही बेला उखुको अभाव भएको छ । पर्याप्त उखु नहुँदा नवलपरासीको लुम्बिनी चिनी उद्योगमा उखुको अभाव हुँदा क्षमताअनुसार सञ्चालन गर्न नसकेको उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले बताउनुभयो । अहिले सबैजसो चिनी मिलमा उखुको अभाव छ ।

उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकहरूले गर्ने ठगी दुवै कारणले किसानहरू मर्कामा परेका र उखुको लगानी उठ्ने अवस्था नहुँदा किसानहरू पलायन हुन थालेका छन्। बर्षौं देखीको रकम चिनि मिलले किसानलाई भुक्तानि नगर्ने साथै काम गर्ने जनशक्तिको अभाब युवा विदेश पलाएन र मल समयमा उपलब्ध नहुदाँ बाँकी रहेका किसान पनि यस कृषि व्यवसायबाट पलाएन हुने अबस्था छ।