सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । गएराति एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायरलगायतको समस्या देखिएको थियो । विश्वका धेरै देशमा फेसबुक र इन्स्टाग्रामका एप र वेबसाइटहरू झण्डै एक घण्टा डाउन भएका थिए ।
यस विषयमा मेटा कम्पनीले फेसबुकमा आएको प्राविधिक समस्याका कारण यस्तो भएको जनाएको छ । समस्या आएको केही समयपछि नै मेटाका प्रवक्ता एन्डी स्टोनले सामाजिक सञ्जाल एक्समार्फत् कम्पनीमा प्राविधिक समस्या आएको र समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिनुभएको थियो । मेटाको सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अहिले चल्न थालिसकेको छ ।
