आईपीएल टिमकी सबैभन्दा कम उमेरकी मालिक हुन्, सनराइजर्स हैदराबादकी काव्या मारन ।क्रिकेटप्रेमीहरूकालागिसामाजिक सञ्जालकी नयाँ ‘क्रस’ पनि ।खेलाडीकोअक्सनदेखिरणनीतिबनाउनरठीकसमयमाउचितनिर्णयलिनसक्षमकाव्याप्रतियोगिताको‘पोस्टरगर्ल’कारूपमादेखिएकीछन् ।

उनी हुन्, सनराइज हैदरावादकी मालिक । अझ आईपीएलकै सबैभन्दा कान्छी मालिक । अलिकति व्यापारिक भाषामा भन्दा सनराइज हैदरावादकी सीईओ हुन्, उनी । भर्खर ३२ वर्षकी भइन् । तय छ, आईपीएल २०२४ मा उनी प्रतियोगिताकै ‘पोस्टर गर्ल’ रहने छिन् । यसअघि पनि उनीबारे चर्चा नउठेको भने होइन । पोहोरको आईपीएलकै बेला उनलाई भनिएको थियो, ‘फेस एन्ड फोर्स बिहाइन्ड सनराइजर्स हैदरावाद’ ।

अनि यस्तो पनि भनिएको, क्रिकेट मन पराउनेहरूको सामाजिक सञ्जालकी नयाँ ‘क्रस’ हुन्, उनी । भारतीय मिडियालाई आधार मान्ने हो भने आफूलाई बारम्बार देखाउने काममा उनी असाध्यै खुसी छैनन् । उनलाई लाग्छ, देखाउनुपर्ने त खेलाडी मात्रै हो । तर त्यही भारतमै क्रिकेट खालि क्रिकेट मात्र कहाँ हो र ? यो त व्यवसाय हो । उद्योग हो । हल्ला हो । गफ गर्ने बहाना हो । भारतका असाध्यै हुने खानेले आफूलाई देखाउने माध्यम पनि हो ।

र, अरू धेरै पनि । फेरि, यी काव्यामा जादुयी छवि पनि देखिन्छ, त्यसैले सबै लोभिन्छन् पनि । यसै वर्ष भएको आईपीएल खेलाडीको अक्सनका क्रममा उनलाई पहिलो पटक देखिएको थियो । त्यही बेला उनी सबैलाई आफूतिर आकर्षित गर्न सफल रहिन् । त्यो लिलामी हेर्दा मात्रै खेलाडीको भाउ लगाउने प्रक्रिया देखिन्छ । तर होइन, यो त असाध्यै रणनीतिक हुन्छ । भाग्यको खेल त हुन्छ नै । मुख्य कुरा ठीक समयमा ठीक निर्णय गर्न सक्नुपर्छ, आम व्यवसायमा जस्तै ।

यही काममा निपुण देखापरिन्, यी काव्या । उनी हुन्, अर्बपति मिडियाका व्यापारी कलानिधि मारनकी छोरी । यी बुबा मारनले सन ग्रुप स्थापना मात्र गरेनन्, त्यसलाई सफलतापूर्वक अगाडि पनि बढाए । उनले नै सनराइज हैदरावाद टिम पनि बनाए । अनि आफ्नी छोरीलाई त्यसको सीईओ बनाए । यो मारन परिवार जति धेरै धनी छ, उत्तिकै प्रभावशाली पनि छ । उनकी आमा काभेरी मारन सोलार टीभीकी सीईओ हुन् ।