इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा लखनउले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७८ रन मात्र बनाउन सक्यो ।

यो सिजनमा लखनउको प्रतियोगितामा पहिलो जीत हो भने ३ खेलमा पञ्जाबको यो दोस्रो हार हो । आईपीएल क्रिकेटमा आज नेपाली समय अनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद तथा बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।