इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं खेलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । गए राति मुम्बईको घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हराएको हो ।
मुम्बईले दिएको एक सय २६ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।
आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्टस् नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा खेल्दैछन् ।
