ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङलाई टस जितेर पहिला फिल्डिङ गरेको नेपाललरे ८ बिकेटले जित हात पारेको छ । अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा भएको खेलमा हङकङले दिएको ११५ रनको टार्गेट नेपालले ३१ बल अगाडी नै ८ बिकेटले जित हात पारेको छ। यो संगै नेपाल सेमिफाईनल प्रवेश गरेको छ।