वैशाख-२६, रुपन्देही। आज वैशाख कृष्ण औँसी अथात मातातीर्थ औँसी आफुलाई जन्मदिने तथा कर्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइँदैछ।

आमाको मुख हेर्ने यो विशेष दिनमा घरमा हुनेहरु आमालाई दर्शन गर्ने आशिर्वाद लिने मिठाई विशेष परिकार पकाएर खुवाएर मनाउने गर्दछन्। आजको दिन घरमा खुसियालि सहित मातातीर्थ औँसी मनाउने गर्दछन्।

घरबाट टाढा हुनेहरुले फोनबाट फेसबुकबाट आमा संगकुरा गरेर मनाउने गर्दछन्। भने आमा नहुनेहरुले आमाको सम्झनामा नजिकको तिर्थ गएर स्नान गरी आमको सम्झनामा पुजाआजा गर्ने दान दक्षिना गर्ने श्राद्ध गर्ने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *