कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु गरेको छ । उक्त उद्योगले वैैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर महीको व्यावसायिक उत्पादन र बिक्रि सुुरु गरेको हो ।

अब चिसो भनेको कोकाकोला ,फेन्टा स्पाइट आदि होइन मोही लाई बनाउने गरौं , नेपाली दुध किसान लाई प्रोत्साहित गर्दै राष्ट्रिय अर्थतन्त्र दिगो र सबल पारौं । किसानलाई प्रोत्साहन रोजगारीको श्रृजना साथै आफ्नो उत्पादनको बजारीकरण गर्ने उद्देश्य सहित यो व्यवसाय संचालन गरिएको छ। यसको बजारीकरण व्यवस्थित गर्न सकेको खण्डमा दुग्ध उत्पादन किसानलाई राहात मिल्ने छ।