काठमाडौं :  शुक्रबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २३ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको  १ लाख ३७ हजार २५० रुपैयाँ निर्धारण भएको छ । 
 शुक्रबार चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर १७ सय ३५ रुपैयाँ कायम भएको छ ।