आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।   

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।  सोमबार चाँदी प्रतितोला १७ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।