जेठ-१४, रुपन्देही। कञ्चन जेसीजको आयोजना तथा कञ्चन गाउँपालिका वडा नं २ को आर्थिक सहयोगमा कञ्चन २ का महिलाका लागि २ दिने वाककला तालिम यही जेठ ११ र १२ गते सम्पन्न भएको छ। कञ्चन गापा वडा नं २ को सभा हलमा सम्पन्न भएको वाककला तालिममा वडा नं २ का ५० जना महिलाको सहभागिता रहेको थियो।

प्रमुख अतिथीको रुपमा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले उद्घाटन गर्नु भएको २ दिने तालिममा कञ्चन जेसीज वर्ष २०२२ का अध्यक्ष तथा वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेल र वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी गुरुदेव पौडेलले प्रशिक्षण प्रदान गर्नु भएको थियो।

२ दिन सम्म संचालन भएको वाककला तालिमको समापन शत्रको प्रमुख अतिथिका रुपमा वर्ष २०२४ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर सन्दिप अग्रहरीको उपस्थिती रहेको थियो। कार्यक्रमको अध्यक्षयता वर्ष २०२४का अध्यक्ष जेसी धनपति ज्ञवालीले गर्नु भएको थियो भने संचालन महासचिव जेसी प्रकाश पौडेलले गर्नु भएको थियो। भने कार्यक्रमको संयोजन जेसी दिपा थारु र स्वागत जेसी निरज पौडेलले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *