जेठ-२७, रुपन्देही। कञ्चन गाउँपालिका कृषि विकास शाखाको आयोजनामा जेठ २३ गते देखी २७ गते सम्म “स्थानिय सामाग्रीको प्रयोग, रोजगारीमा सहयोग” भन्ने नाराका साथ पाँच दिने अचार,जाम तथा सस बनाउने तालिम कञ्चन गाउँपालिका वडा नं २ को सभा हलमा सम्पन्न भएको छ।

पाँच दिन सम्म संचालन भएको तालिमको आज कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले समापन गर्नु भएको छ। कञ्चन गाउँपालिका अध्यक्ष तथा समापन शत्रका प्रमुख आतिथी ढकालले यो तालिमले कञ्चन गाउँपालिकामा थप रोजगारीको सृजना गर्ने र स्थानिय उत्पादनले बजार पाउनेमा खुसी व्यक्त गर्नु भयो। कञ्चन गाउँपालिका निरन्तर जनताको साथमा रहेको र स्थानिय व्यवसाय प्रवर्धनमा आफुहरु सकरात्मक रहेको हुदा भोलिका दिनमा पनि यस्ता तालिमहरु निरन्तर संचालन गर्ने जानकारी गराउनु भयो।

कञ्चन गाउँपालिका उपाध्यक्ष तथा बिशिष्ट अतिथी मौसमी थापा मगरले कञ्चन गाउँपालिकामा कृषि उत्पादन राम्रो हुने र किसानले भने जस्तो मुल्य नपाउने अवस्थामा यो तालिमको माध्यमबाट उत्पादित वस्तुले बजार पाउने मात्र नभएर थप फाइदा समेत हुने जानकारी गराउनु भयो। भु-भाग धेरै भएकाले यो तालिमले व्यवसायिकता विकासमा महत्वपूर्ण भुमिका खेल्ने जानकारी गराउनु भयो।

पाँच दिने तालिमको उदेश्य र समिक्षा गर्दै कृषि विकास शाखा सहायक रामप्रसाद अधिकारीले कृषिमा उत्पादित वस्तु समयमै बजारिकरण गर्न नसक्दा किसान मर्कामा पर्ने र उत्पादन गर्नै छोड्ने सम्मको अवस्थामा यो ५ दिने तालिमले कृषकलाई ठुलो अवसर प्रदान गरेको महसुस गर्नु भएको छ। तालिमबाट प्रशिक्षार्थीले ५ थरीका अचार र ४ थरी सस जाम बनाउन सिकेको हुदा यस्ले समग्रमा आर्थिक उत्पादन र व्यवसायिकता विकासमा समेट सहयोग पुर्याउने बताउनु भयो। तालिम प्रश्चात पनि व्यवसायिक रुपमा अचार व्यवसाय गर्नेलाई कञ्चन गापा कृषि विकास शाखाले निरन्तर सहयोग गर्ने बताउनु भयो।

कञ्चन गाउँपालिका वडा नं २ का वडा अध्यक्ष तथा समापन शत्रका अध्यक्ष टेक बहादुर गुरुङले समग्र कञ्चन गाउँपालिका भरीमा अन्य वडा भन्दा वडा नं २ मा धेरै कृषक भएकाले पनि यो तालिमले कृषि उत्पादन पछिको पोष्ट हार्भेष्टमा टेवा मिल्ने जानकारी गराउनु भयो। अध्यक्ष गुरुङले प्रशिक्षक तथा प्रशिक्षार्थीलाई ५ दिन सम्म वडा नं २ को सभाहलमा उपस्थित गराउन पाउदा खुसि व्यक्त गर्दै यहाँबाट सिकेको कुरालाई व्यबहारमा लागु गर्न र आफुलाई अबल बनाउन सम्पूर्णलाई अनुरोध समेत गर्नु भयो।

कञ्चन गाउँपालिकाका ५ वटै वडा बाट निवेदन माग गरी आएका निवेदनबाट छनोट गरी कञ्चन गाउँपालिका भरिबाट जम्मा ३० जनालाई तालिममा सहभागि गराईएको थियो। तालिममा उपस्थित प्रशिक्षार्थीहरुले लसुनको अचार, आँपको अचार, मेथीको अचार, मासुको अचार, मिक्स अचार, खुर्सानिको सस, टमाटर सस, सोया सस र भिनेगर बनाउन सिकेका छन्। तालिममा कपिलवस्तु, बुटवल तथा स्थानिय गरेर ४ जना प्रशिक्षकको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *