जेठ-२८, रूपन्देही। कञ्चन गाउँपालिकाको आर्थिक सहयोग तथा सिर्जन शिल नेपालको सहजीकरणमा कञ्चन गाउँपालिकामा १५ दिनेवातवरणमैत्री सेनेटरी प्याड बनाउने तालिम जेठ २७मा सम्पन्न भएको छ।

कञ्चन गाउँपालिका अध्यक्ष तथा समापन शत्रका प्रमुख अतिथि नवराज ढकालले हरेक क्षेत्रमा महिला दिदिबहिनी हरु जागरुकहुनुपर्नेमा जोड दिदै यहाँ सिकेको सिपलाई आर्थिक आयआर्जनमा जोड्न सक्नु तालिमको मूल उदेश्य रहेको हुदा सम्पूर्णलाईव्यवसायीक उत्पादनमा जोडिन समेट अनुरोध गर्नु भयो।

कार्यक्रमको अध्यक्षत्ता कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी पुनले गर्नु भएको थियो। उपाध्यक्ष पुनले महिला हरुको हकहितका लागिआफू सधै काम गर्ने बताउदै सिकेका कुरा प्रयोगमा ल्याउनुपर्नेमा जोडदिदै उत्पादन गरेका सामाग्री पालिकाले बजार ब्यबस्थापन गरिदिनेबताउनु भयो।

तालिममा कञ्चन भरि बाट छनोट गरि ३ आमा समुहलाई सहभागिता गराईएको आयोजकले जानकारी दिनु भयो। समापन शत्रमा गापाप्रवक्ता चित्रलाल तुलाचन, मुख्य प्रशिक्षक सविना पोख्रेल, प्रगतिशील आमा समूहकि लालमाया पुनले मन्तव्य राख्नु भएको थियो भनेसंचालन महिला बालबालिका शाखाकि राधा भट्टराईले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *