४ असार, काठमाडौं । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन चाँदीको भाउ भने प्रतितोला १८ सय रुपैयाँमा कारोबार भएको आज १८ सय १५ पुगेको महासंघले जनाएको छ ।