असार-२५, मंगलबार। युरो २०२४ को पहिलो सेमिफाइनल स्पेन र फ्रान्स त्यसैगरी कोपा अमेरीका २०२४ को पहिलो सेमिफाइनल अर्जेन्टिना र क्यानडा बीच हुँदैछ। युरो नेपाली समय अनुसार राति पौनि १ बजे देखी एलिनाज एरेना स्टेडियममा हुनेछ भने कोपा भोलि बिहान पौनि ६ बजे देखी मिटलाईफ स्टेडियममा हुनेछ।

सेमिफाइनल पुग्नका लागि स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २-१ गोलले हराएरको थियो भने यता, फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउदै सेमिमा स्थान बनाएको हो।
त्यसैगरी कोपा अमेरिका तर्फ क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इक्यूडरलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै सेमिफाइनलमा स्थान बनाएको थियो भने यता क्यानडाले भेनेजुवलालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउदै सेमिफाइनलमा स्थान बनाएको हो।
फ्रान्स र स्पेन युरो २०२४ मा पहिलो पटक भिड्दै छन् भने अर्जेन्टिना र क्यानडा यस अगाडी ग्रुप स्टेजमा भिड्दा अर्जेन्टिनाले क्यानडालाई २-० ले हराएको थियो
स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गरिसकेको छ भने जम्मा २ गोल मात्र बेहोरेको छ। फ्रान्सले भने अहिलेसम्म गरेर २ गोल मात्रा गरेको छ।

त्यसैगरी कोपा तर्फ अर्जेन्टिनाले जारी प्रतियोगितामा ६ गोल गरेको छ भने १ गोल मात्रा बेहोरेको छ। क्यानडाले २ गोल गरेको छ भने ३ गोल बेहोरेको छ।
