१७ भदौ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ कम हो ।
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी सोमबार १७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
