असोज १५ , काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ। , मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
