२६ कात्तिक, काठमाडौं । सोमबार सुन तोलामा १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ  तय गरेको छ । अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ मा झरेको छ ।