फागुन-१६, रुपन्देही। पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी-२०२५ अन्तर्गत आजको खेल समूह बीमा रहेका दुई टोलि अस्ट्रेलिया र अफगानिस्तान बिच हुदै छ। खेल पाकिस्तानको लाहोर खेल मैदानमा नेपालि समय अनुसार दिउँसो पौने ३ बजे देखि सुरु हुनेछ।
सेमिफाइनल प्रवेशका लागि दुवै टोलिलाई यो खेल जित्नै पर्ने दवाव रहेको छ। पहिलो खेलमा विजयी सुरुवाट गरेको अस्ट्रेलिया दोस्रो खेल वर्षाले प्रभावित हुदा ३ अंक सहित तालिकामा दोस्रो स्थानमा छ भने। अफगानिस्तान पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भए पनि दोस्रो खेलमा इंग्ल्याण्डलाई हराएर २ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ।

यि दुई टोलि यस अगाडि विश्वकप २०२३ मा आमुन्ने सामुन्ने हुदा हारको नजिक बाट अलराउण्डर ग्लेन म्याक्सवेलले कमिन्स संग अविश्वसनीय पार्टनरसिव बनाउदै व्यत्तिगत दोहोरो शतक प्रहार गर्दै शानदार जित दिलाएका थिए। अफगानिस्तानले अहिलेसम्म एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई हराउन सकेको छैन।
लगातार दुई हार सहित समूह बी बाट इंग्ल्याण्ड बाहिरिएको छ भने एक खेल बाँकी अगावै लगातार दुई जित हासिल गर्दै समूह ए बाट भारत र न्युजिल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान बनाइसकेका छन्। दुई हार सहित आयोजक पाकिस्तान र बंगलादेश बाहिरिएका छन् ।
मार्च ९ सम्म चल्ने यस प्रतियोगितामा ८ टिम दुई समूहमा विभाजन भएका छन्। जस मध्य समूह “ए” मा आयोजक पाकिस्तान, भारत, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
