फागुन-२०, रुपन्देही। कञ्चन गाउँपालिका वडा नं १ को आर्थिक सहयोग, कञ्चन साथी संजालको आयोजना र सुनगाभा सामुदायिक विकास केन्द्रको सम्न्वयमा किशोरकिशोरीहरुलाई नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ।

३ दिन सम्म संचालन भएको तालिमको समापन कञ्चन गाउँपालिका वडा नं १ का वडा अध्यक्ष हरिनारायण थारुको प्रमुख आतिथ्यता तथा कञ्चन साथी संजालका अध्यक्ष सुस्मिता नेपालीको अध्यक्षयतामा सम्पन्न भएको थियो। समापन सत्रमा सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष अम्रिता थापा, प्रशिक्षक राजन शर्मा पौडेल वडा सदस्य लेखनाथ ढकाल, लेखा राहादीको आतिथ्यता रहेको थियो।

समापन सत्रमा बोल्दै वडा अध्यक्ष हरीनारायण थारुले तालिमले प्रशिक्षार्थी भित्र रहेको प्रतिभालाई उजागर गर्दै भोलिको दिनमा समाजका विभिन्न नेतृत्वमा अगाडि बढ्न मद्धत पुग्ने जानकारी गराउनु भयो। तालिममा ३ दिन सम्म प्रशिक्षको रुपमा भुमिका निर्वाह गर्नु भएकोमा प्रशिक्षक राजन शर्मा पौडेललाई धन्यवाद दिनु भयो।

कार्यक्रममा बोल्दै सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष अमृता थापाले तालिमले भोलिको सामाज कुशल नेतृत्व सहित अगाडि बढ्न यो तालिम पुलको रुपमा भुमिका निर्माण गर्ने बताउनु भयो। भोलिका दिनमा पनि कञ्चन साथी संजाल, सुनगाभा सामुदायिक विकास केन्द्र निरन्तर रुपमा समाजमा यस्ता कार्यक्रम तथा तालिम संचालन गर्ने बताउनु भयो।

कञ्चन साथी संजालका अध्यक्ष सुस्मिता नेपालीले कञ्चन गाउँपालिका वडा नं १ को सहयोगले गर्दा कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न मद्धत पुगेको बताउदै सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नु भयो। साथमा ३ दिन सम्म तालिमलाई सफल रुपमा संचालन गर्न प्रशिक्षको रुपमा महत्व पूर्ण भुमिका खेल्नु भएकोमा प्रशिक्षक राजन शर्मा पौडेल र अभिभावको भुमिकाको लागि सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष अमृता थापालाई धन्यवाद दिनु भयो। साथ सहयोगि सम्पूर्णलाई आभार प्रकट गर्नु भयो।

कञ्चन गाउँपालिका वडा नं १ को कार्यलयमा फागुन १७ गते देखी १९ गते संचालन भएको तालिममा राजन शर्मा पौडेलले ३ दिन सम्म प्रशिक्षकको रुपमा तालिम संचालन गर्नु भएको थियो। तालिमको उद्घाटन तथा समापन सत्रको कार्यक्रम संचालन कञ्चन साथी संजालकि कोषाध्यक्ष समिक्षा मगरले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *