चैत्र-३१, रूपन्देही। प्रगतिशील आमा समूहको आयोजना तथा कञ्चन गाउँपालिका वडा नं २को सहयोगमा मानव बेचबिखन तथा लागुपदार्थ दुर्व्यसनी विरुद्ध र्याली सहितको जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ।
कञ्चन गाउँपालिका वडा नं २ को कार्यलय देखि सुरू भएको र्याली मानव बेचबिखन र लागुपदार्थ दुर्व्यसनी विरुद्दको नारा सहितको व्यानर, पेले कार्ड लिएर वडा नं २ का विभिन्न ठाउँ हुदै बसन्तफुलबारी सम्म पुगेको थियो।

प्रगतिशिल आमा समूह अध्यक्ष निर्मला पुनको अध्यक्षता तथा कञ्चन गापा वडा नं २ का वडा अध्यक्ष टेक बहादुर गुरूङको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको र्याली सहितको कार्यक्रममा वडा सचिव लक्ष्मी शर्मा, वडा सदस्यहरु त्रिवेणी थारु, भरतलाल यादव, शान्तिमाया बिक, बेहुरी प्रहरी चौकि ईन्चार्ज काशिराम चौधरी, ईलाका प्रहरी कार्यलय रूद्रपुरका प्रतिनिधि रामनिवास यादव, सकल्प समुहका अध्यक्ष दृष्टी राना, समाजसेवि उमान्नद न्यौपाने, समाजसेवि युवराज गुरुङ, स्वास्थ्य स्वयसेविका, विभिन्न आमा समूहबाट उपस्थिती रहेको थियो।

कार्यक्रममा बेहुरी प्रहरी चौकि ईन्चार्ज काशिराम चौधरीले मानव बेचबिखन सम्वन्धी र सकल्प समूह अध्यक्ष दृष्टी रानाले लागुपदार्थ दुर्व्यसनी सम्वन्धी जानकारी दिनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले आफुहरु सधै वडा बासिको हितमा रहेको हुदाँ हरेक समस्यामा आफु जनता संगै रहने र आफ्नो कार्यकाल अन्त हुदा सम्ममा विकासका धेरै काम सम्पन्न गरि सक्ने बताउनु भयो।
सहजकर्ताको रूपमा र्यालीको नेतृत्व सहित कार्यक्रमको सहजिकरण र संचालन राजन पौडेलले गर्नु भएको थियो।
