७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथसँगै पदभार ग्रहरण गरेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै गभर्नर पौडेल बालुवाटारस्थि केन्द्रीय बैंकमा पुगेर पदभारग्रहरण गरेका हुन् ।

केन्द्रीय बैंक प्रवेशअघि उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसपछि कार्यकक्ष पुगेर गभर्नर पौडेलले माइन्युटमा हस्ताक्षर गरेर पदभार ग्रहण गरे ।पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।