जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले अर्थ मन्त्रालय र मातहतका कार्यालयहरुमा ठुलो क्षति पुगेको छ । भन्सार, आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुमा आगजनीले क्षतिग्रस्त बनाएको मन्त्रालयले जनाएको छ । 

कतिपय कार्यालयमा सामान्य प्रकृतिका बाहेक अन्य सेवा दिन नसक्ने अवस्थामा छन् । ‘अर्थ मन्त्रालयको बजेट महाशाखा अन्तर्गत केही शाखामा क्षति पुगेको छ । अन्य संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय छ भने मन्त्रालय अन्तर्गतका मुख्य तीनवटा सफ्टवेयरहरु र त्यसको तथ्याङ्क सुरक्षित छ । 

जेनजी प्रदर्शनका कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने सबै कर्मचारीले दशैँ अगाडि नै तलब–भत्ता पाउने अवस्था बनेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *