नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम एनकेएल (नेपाल कबड्डी लिग) ले जेन्जी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय मर्मतसंभार गरेको छ।

व्यवसायिक घराना बेगानी ग्रुपको स्वामित्वमा रहेको केबी साम एनकेएलले राजनीतिक परिवर्तनपछि देशलाई फेरि गति दिने प्रयासमा सामाजिक उत्तरदायित्वअन्तर्गत् काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीपोखरीस्थित भवन, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गी खाना), कीर्तिपुर प्रहरी कार्यालय, जनकपुरस्थित ट्रफिक प्रहरी मुख्यालय र प्रहरी कार्यालय मर्मतसंभार गरेको हो। ती कार्यालयमा पूर्ण रुपमा नयाँ आल्मुनियमको सिसासहित झ्याल १५० वटा, ढोका १३, उपत्यका ट्राफिकमा महिला प्रहरी बस्ने पूरा भवन बनाइदिएको हो।

केबी साम एनकेएलका प्रमुख अमिकतकुमार बेगानीले भने, ‘एनकेएलमा अधिकांश खेलाडी प्रहरीमा आबद्ध छन्।