लगातर घट्दो क्रममा रहेको सुनको भाउ शुक्रबार बढेको छ। 

बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई हजार सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ८० रूपैयाँले बढेको छ। बिहीबार तोलाको दुई हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार ६० रूपैयाँ पुगेको हो।