लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको हो ।
