विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रन बनाउदै अलआउट भएको थियो। ओनपिङ ब्याटर दिनेश खरेल ७ रनमा आउट भए पनि एडम रोसिङटन र कप्तान कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै पोखरालाई लोभलाग्दो सुरुवात दिएका थिए। दुईबीच दोस्रो विकेटका लागि ५.२ ओभरमा ७६ रनको साझेदारी भएको थियो।
