रुपन्देही, प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपाल लुम्विनी प्रदेशले “च्याउ किसानको जागरुकता, व्यवसायीक उत्पादन आत्मनिर्भरता” भन्ने नाराका साथ प्रथम राष्ट्रिय च्याउ दिवस तथा नि:शूल्क परिकार महोत्सव सम्पन्न गरेको छ।

बुटवल उपमाहानगर पालिका उपमेयर सावित्रा अर्यालको प्रमुख आतिथ्यता तथा उत्पादक किसान संघ नेपाल लुम्विनी प्रदेशका अध्यक्ष राजन पौडेलको अध्यक्षतामा सम्पनन भएको १ दिने महोत्सवमा कृषि ज्ञान केन्द्र नवलपरासिका वरिष्ठ वालि संरक्षक अधिकृत उमाशंकर पौडेल, केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज कृष्णराज पोख्रेल, खाद्धवालि महासंघ केन्द्रिय अध्यक्ष सिपि पौडेल, निवर्तमान प्रदेश अध्यक्ष रिषभ पोख्रेल, केन्द्रिय सदस्य केशव कार्की, पूर्व केन्द्रिय सदस्य, पूर्व उपाध्यक्ष तथा निवर्तमान जिल्ला अध्यक्ष गंगाधर शर्मा, रुपन्देहि जिल्ला अध्यक्ष निखिल खत्रि, पाल्पा जिल्ला अध्यक्ष उमानाथ घिमिरे, गुल्मी संयोजक कृष्ण कडेल लगायतको उपस्थिति रहेको थियो।

बुटवल-९, तिनकुनेमा दिउसो १२ बजे देखि सम्पन्न भएको एक दिने महोत्सव बाजागाजा र र्याली सहित उद्घाटन गरिएको थियो। उद्घाटन पश्चात उपस्थित सम्पूर्ण लाई निशुल्क परिकार वितरण गरिएको थियो।
लुम्विनी प्रदेश भित्र र रूपन्देहि आसपासका किसान तथा च्याउ व्यवसायीहरुको विशेष उपस्थितिमा किसानको आफ्नै लगानिमा महोत्सव सम्पन्न भएको छ। जहाँ ३००० भन्दा धेरै उपभोक्ताले कन्ये, डल्ले, राजा, रातो च्याउका परिकारहरु म:म:, पकौडा, चिल्ली, छोइला, सुप, चिया, अचार निशुल्क खानु भएको छ।

अन्तमा राज्यले अपनत्व गरि च्याउलाई राष्ट्रिय दिवसको रुपमा मनाउन गरेको आह्वान र राष्ट्रिय दिवसको भएको खुसियालिमा संघले च्याउको केक कातेर च्याउ दिवस मनाएको थियो।
एक दिने यस प्रथम राष्ट्रिय च्याउ दिवस तथा नि:शुल्क परिकार महोत्सवको संचालन राधिका चौधरीले गर्नु भएको थियो भने स्वागत रुपन्देही जिल्ला अध्यक्ष निखिल खत्रीले गर्नु भएको थियो।
