इच्छाकामना जेसीजको प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। इच्छाकामना जेसीजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संस्थागत नेतृत्व हस्तान्तरणसँगै विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थापक तथा बर्ष २०२५ की अध्यक्ष जेसी गोमा लुइटेल ले नवनिर्वाचित बर्य २०२६ की अध्यक्ष जेसी रञ्जिता सिलवाल लाई जेसीजको विधि विधान अनुसार चेन हस्तान्तरण तथा पद हस्तान्तरण गर्नु भएको थियो भने नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरिएको थियो। नेतृत्व हस्तान्तरणसँगै नवनिर्वाचित अध्यक्ष जेसी रञ्जिता सिलवाल तथा कार्यसमितिका पदाधिकारीहरूले संस्थालाई अझ प्रभावकारी, उत्तरदायी र समाजमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रमका नेपाल जेसीज बर्ष २०२६ का राष्ट्रिय अध्यक्ष जेसी जिवन कार्की ज्यूको प्रमुख आतिठ्यता तथा पालिका अध्यक्ष तथा उपाध्यक्ष ज्यूहरुको विशिष्ठ आतिठ्यतामा र राजनितिक दल तथा समाजीक व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण र सामाजिक उत्तरदायित्वमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त कार्यक्रमहरू सञ्चालन गर्न शुभकामना व्यक्त गर्नु भयो।

त्यसैगरी, वर्षभरि संस्थाको गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने, उत्कृष्ट नेतृत्व, उत्कृष्ट सदस्य, उत्कृष्ट परियोजना लगायत विभिन्न विधामा सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार वितरणले सदस्यहरूमा थप उत्साह र प्रेरणा थपिएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। इच्छाकामना जेसीजले आगामी दिनमा पनि युवाहरूको क्षमता अभिवृद्धि र समाज परिवर्तनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *