बालाजु जेसीज बर्ष २०२६ को आयोजनामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।
तारकेश्वरस्थित दृष्टिविहीन बालबालिका शैक्षिक केन्द्र मा आयोजित उक्त कार्यक्रममा बालबालिकाको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै चामल, दाल, तेल, चिनी लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्रका साथ स्थापना भएको बालाजु जेसीजले सधैका बर्ष जस्तै यस बर्ष पनि उक्त कार्यक्रमलाई आत्मसाथ गर्दै दृष्टिविहीन बालबालिकाको दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको हो।
