चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको हो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो ।

स्रोतका अनुसार, झण्डै १५१६ फिट अग्लो ठाँउमा रहेको तारसँगै रहेको घाँसलाई खानका लागि रोनाल्डोले तान्दा घाँससँगै तारसमेत झरेको थियो । बाहिर इन्सुलेसन गरेको तार रोनाल्डोले चपाउँदा त्यसमा प्रवाह भएको करेन्ट उसको मुख तथा जिब्रोमा लागेको थियो ।

रोनाल्डोको मुखको भाग तथा जिब्रोको केही भाग डढेको जस्तो अवस्थामा रहेको छ । यसबारेमा निकुञ्जले कुनै आधिकारिक जानकारी दिएको छैन । रोनाल्डोको मृत शरिरलाई पोष्टमार्टम पछि खाल्डो खनेर गाड्ने काम हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *