रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।
राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका अनुसार विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदन तयार पार्न स्थलगत टोली परिचालन गरिएको हो ।
उनका अनुसार प्रस्तावित क्षेत्रको वास्तविकता पहिचान तथा तथ्यमा आधारित मूल्यांकन गर्न सम्बन्धित स्थानीय तह, क्षेत्रगत समिति तथा विषयविज्ञ समेतको परामर्शमा घरधुरी सर्वेक्षणका लागि प्रश्नावली तयार पारी रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका बाढी प्रभावित सबै पालिकाका वडामा तथ्यांक संकलन गर्न आइतबारदेखि टोली परिचालन गरिएको छ ।
