असोज-९, काठमाडौ  । प्रधानमन्त्री बालेन शाहले जलवायु न्याय केवल पैसाको विषय मात्र नभएर वितरणात्मक न्यायको विषय भएको बताएका छन् ।आज बिहान महासभाको सम्बोधनका क्रममा उनले भनेका छन्, “जलवायु न्याय केवल पैसाको विषय होइन।यो वितरणात्मक न्यायको विषय हो, अर्थात् यसको लागत कसले बेहोर्छ भन्ने प्रश्न हो।”

अगाडि थपे, ‘यो प्रक्रियागत न्यायको विषय हो। यो हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र अझै जन्मिन बाँकी पुस्ताको भविष्यलाई समान रूपमा महत्त्व दिइन्छ कि दिइँदैन भन्ने प्रश्न हो। भोलिदेखि यही संयुक्त राष्ट्रसङ्घमा हुने ‘सगरमाथादेखि समुद्रसम्म’ साइड इभेन्टमार्फत नेपाल यो संवादको नेतृत्व गर्न सहयोग गर्न तयार रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *