पुतलीबजार नगरपालिका वडा नं ५ र ९ का कृषकहरुलाई माैसमजन्य विपद पिडित राहत रकम एक कार्यक्रमका विच नगर प्रमुख तुलसीराम रेग्मी र नगर उप-प्रमुख देवि अर्यालले वितरण गर्नुभएको छ। पुतलीबजार न.पा वडा नं ५ का ७८ जना र वडा नं ९ का ५४ जना कृषकहरुलाई रु ४८३००० बराबरको राहत वितरण गरिएको हो। मिति २०८० कार्तिक १८ गते को असिनाले वडा नं ५ को सुरैदि र वडा नं ९ को कल्खुमा धान बालि नस्ट पारेको थियो। धान बालि नश्ट भएपछि पुतलीबजार नगरपालिकाको विपद् व्यवस्थापन शाखा र कृषि शाखाले अध्ययन गरि प्रतिवेदन पेश गरे पश्चात् पुतलीबजार नगरपालिकाले असिना प्रभावित धान किसानलाई राहत रकम उपलब्ध गराएको हो।