नेपाली धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा भाग लिने भएका छन् ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यक्रम हलमा उनलाई नेपालगञ्ज म्याराथन अध्यक्ष टीएस ठकुरी, सदस्य सचिव टंकलाल घिसिङलगायतले उनलाई बिदाइ गरेका छन् ।

गोपी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछन् । लन्डन म्याराथन वैशाख ९ गते हुनेछ ।

नवौं नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनको लागि छनोट भएका थिए ।