वैशाख १५

इलाम-२ मा विहान ७ बजे देखी मतदान सुरु, मतदानमा सहभागि भए संगै उम्मेदवारहरुको आ-आफ्नै जितको दावि। विभिन्न ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेको इलाम-२ मा जम्मा १ लाख १६ हजार ८ सय ८९ मतदाता रहेको आयोगको जानकारी छ।

इलाम क्षेत्र नं २ मा सुवास नेम्वाङको निधन भएपछी पुन निर्वाचनको घोषना भए लगतै धेरैको चासोको विषय थियो उप निर्वाचन। प्रमुख राजनितिक दल, नयाँ दल देखी स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचनमा जितको मतान्तर धेरै नहुन सक्ने अनुमान समेत लगाउछन् धेरै। उपनिर्वाचनका सम्पूर्ण प्रतिस्पर्धी उम्मेदवारले आ-आफ्नै मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदान समय साँझ ५ बजे सम्म रहने आयोगको जानकारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *