शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचनको मतदान सकिएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार इलाम क्षेत्र नं २ मा ५८ प्रतिशत र बझाङको प्रदेश सभा १ (क) मा ५० प्रतिशत मतदान भएको जनाएको छ भने मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको बताएको छ ।
