पशुपति आर्यघाटमा सञ्चालनमा रहेको विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । निम्न आय भएका गरिब व्यक्तिले आफ्ना आफन्त देहावसन हुँदा आर्थिक अभाव कै कारण दाहसंस्कार गर्न नसक्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनु भएको छ ।