वैशाख-२३, रुपन्देही। गण्डकीका प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज वैशाख २३ गते विश्वासको मत लिँदै छन्। उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत चैत २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।

नेकपा एमाले संसदीय दलका नेता अधिकारीको मुख्यमन्त्रीको विश्वासको मतका लागि सुचि दर्ता भएको र बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ। हिजो नै एमाले र माओवादी पार्टीले संसदीय दलको कार्यालयमा बैठक बसेर मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्।

गण्डकीमा २७ सांसद रहेको नेपाली कांग्रेस प्रतिपक्षी दलको रुपमा रहने देखिए पनि २ सांसद रहेको राप्रपा भने अन्योलमा छ। राप्रपाले केन्द्रको निर्णय अनुसार अगाडी बढ्ने देखाएको छ।

गण्डकीमा जम्मा सांसद ६० छन्। जसमा सत्ता गठवन्धनमा एमाले २२, माओवादी केन्द्रको सभामुखसहित आठ सांसद र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङ्गे छन् । भने विपक्षमा कांग्रेस २७ र राप्रपा २ सांसद छन्। सरकार बनाउनका लागि ३० कि ३१ भन्नेमा अन्योल रहेको हुदा एमाले २२, माओवादी केन्द्र ७ र स्वतन्त्र सांसद गरी ३० हुन्छ र अधिकारी सरकारलाई बहुमत पुग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *