शुक्रबारबाट सुरु भएको संसद्को बजेट अधिवेशनको सुरुमै कांग्रेसले अवरोध गरिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका हुन्। 

कांग्रेसले प्रतिनिधिसभा बैठकमा सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर, लगायतका नाराहरू लगाएका छन्।सभामुख देवराज घिमिरेले कांग्रेस सांसदहरूलाई अवरोध नगर्न आग्रह गरिरहेका छन्।