निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् ।अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लुको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजी मुनि निमाले भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।
भारत र नेपालमा भएको क्रमशः १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता निमाले २०१६ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ओलम्पिक छनोटमा कांस्य जितेकी थिइन् ।
