नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।सोमबार प्रतितोला १७ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।