भारत भ्रमणमा रहेको पाहुना टोलि अष्ट्रेलियाले तेस्रो तथा अन्तिम एक दिवसिय खेलमा भारत माथि ६६ रनको जित दर्ता गरेको छ। टच जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोलि अष्ट्रेलियाले पहिलो ४ खेलाडिको अर्धसतकको मद्धतले निर्धारित ५० अोभरमा ७ विकेट गुमाउदै ३५२ रन बनाएको थियो। जवाफि ब्याटिङमा उत्रेको भारतले राम्रो सुरुवात गरे पनि ४९.४ अोभरमा १० विकेट गुमाउदै जम्मा २८६ रन बनाएको थियो। खेलमा १० अोभर बलिङ गर्दा ४० रन खर्चेर ४ विकेट ल्याउन सफल अष्ट्रेलियन खेलाडि ग्लेन म्याक्सवेल म्यान अफ द म्याच भएका छन्। भने भारतियन खेलाडि शुभमन गिल म्यान अफ द सिरिज भएका छन्। यो संगै ३ खेलको सिरिज भारतले २-१ ले जित्न सफल भएको छ।
