कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी ३० औँ पटक आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् । 

“कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३० औँ पटक पाइला टेकेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ”, गौतमका अनुसार वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका बताएका छन् । 

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।