आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै छन्। ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुबै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो ।