जेठ-१५, रुपन्देही। गणतन्त्र दिवसको अवसर पारेर कपिलवस्तु जेसीजले आयोजना गरेको कर्पोरेट फुटसल प्रतियोगिताको प्रथम स्थानसैनामैना जेसीजले हासिल गरेको छ भने दोस्रो स्थान कपिलवस्तु बिमा टोलिले हासिल गरेको छ।

कपिलवस्तु र रूपन्देहीका गरी १२ टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताको विजेता टोलि सैनामैना जेसीजले नगद ११,१११ , शिल्ड, मेडल रप्रमाणपत्र त्यसैगरी उपविजेता बिमा टोल कपिलवस्तुले ५,५५५ , शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने टप स्कोरर बिमा टोलि कपिलवस्तुका सचिन थापाले नगद १५०० र गोल्डेन वुट प्राप्त गरेका छन्।

नेपाल जेसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर सन्दिप अग्रहरी ज्यूको प्रमुख आतिथ्यतामा शुभारम्भ भएकोप्रतियोगिताको अध्यक्षयता वर्ष २०२४ कपिलवस्तु जेसीजका अध्यक्ष प्रविन पौडेलले गर्नु भएको थियो। प्रतियोगितामा नेपाल जेसीजवर्ष २०२४ का उपाध्यक्ष जेसी राजन शर्मा पौडेल, नेपाल जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष रजनी थापा, वर्ष २०२३ काराष्ट्रिय उपाध्यक्ष जेसी गुरुदेव पौडेल, पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी विमल ज्ञवाली, कञ्चन जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी धनपतिज्ञवाली, सैनामैना जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी शिशिर ज्ञवाली, कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष ज्यूहरु, सैनामैना जेसीजकापूर्व अध्यक्ष ज्यूहरुको विशेष उपस्थिति रहेको थियो।

प्रतियोगिताको प्रथम पुरस्कार एनएमबि बैङ्क, दोस्रो पुरस्कार असिस सिनेमा र टप स्कोरर सिजि ईन्टेरियरले सौजन्य गरेको थियो।कार्यक्रमको संयोजक वर्ष २०२४ कपिलवस्तुका कार्यकारिणी उपाध्यक्ष जेसी सन्तोष पाण्डे ले गर्नु भएको थियो।
