जेठ-२३, रुपन्देही। जुन ५ अथात विश्ववातावरण दिवसको अवसर पारेर कञ्चन जेसीजको सचिवालय साथै जेसीजमा आबद्ध सदस्यले घर-घरमा वृक्षरोपन कार्यक्रम गर्नु भएको छ।

विहान ८ बजे कञ्चन-४ मा रहेको जेसीज सचिवालयमा एक कार्यक्रमका बिच कञ्चन गापा वडा नं ४ का वडा अध्यक्ष केसर बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष जेसी चुडामणी पौडेल, पूर्व अध्यक्ष तथा नेपाल जेसीज २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेल, पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार जेसी बाबुराम पौडेल, पूर्व अध्यक्ष जेसी राधिका चौधरी साथै बोर्ड पदािकारी तथा सदस्यको विशेष उपस्थितीमा २ वटा धुपिको विरुवा लगाएर कार्यक्रमको उद्घाटन गरिएको थियो।

सचिवालयमा विरुवा रोपे पश्चात अध्यक्षबाट उपस्थित सम्पूर्ण जेसीज सदस्यहरुलाई एक सदस्य एक विरुवाका दरले आँपको विरुवा प्रदान गरी घरमा लगेर लगाउने र लगाएको फोटो कञ्चन जेसीजमा पठाउने र एक वर्ष पछी साधारण सभामा उतकृष्ट रुपमा विरुवा हुर्काउने एक सदस्यलाई पुरस्कृत समेत गरिने अध्यक्षले बताउनु भयो।

कार्यक्रममा कञ्चन जेसी वर्ष २०२४ का महासचिव जेसी प्रकाश पौडेलले संचालन, कानुनि सल्लाहकार जेसी खेमबहादुर क्षेत्रीले स्वागत तथा कोषाध्यक्ष जेसी दिपा थारुले आस्थापाठ वाचन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *