त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ युमन्स च्याम्पियनसीपमा खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराउदै शानदार जित निकालेको छ । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो । अतिरित्त समयमा रश्मी केसीको गोल संगै नेपालले ६–० कै जित निकालेको हो ।