नेपाली बजारमा आज (मंगलबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
