बझाङमा लगातार शक्तिशाली भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा गर्भवतीका बिरामीलाई बाहिरै सेवा दिइएको छ। दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालेर उपचार गरिएको थियो।

अस्पतालका नर्सहरू गर्भवती महिलालाई अस्पताल बाहिर प्राङ्गणमा राखेर सुत्केरी गराउन प्रयास गरिरहेका छन्। भूकम्पपछि लगातार पराकम्प आइरहेकाले बाहिर राखेर सुत्केरी गराउन लागिएको अस्पताल प्रशासनले जनाकारी गराएको थियो।

By